चितुवा आतङ्क बढेपछि स्थानीयवासी त्रसीत
नेपालबहस संवाददाता
फागुन ११, २०७७ मंगलबार १७:४३:३१
११ फागुन, डोटी । जिल्लामा विगत एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ ।जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका चार बाख्रा र करी पार्कीका दुईवटा बाख्रा चितुवा मारेको उनले जानकारी दिए। उनले भने, “केही दिनयतादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ, हाम्रै गाउँमा आठ चौपाया मारिसक्यो ।”
चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि यहाँका स्थानीयवासी त्रसीत बनेका छन् । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले चितुवाले आतङ्क मच्चाइरहेको भन्ने खबर पाएपछि सो क्षेत्रमा प्रहरी टोली खटाइएको बताउनुभयो । उनले भने, “चितुवाले आतङ्क मच्चाउन थालेको भन्ने खबर आएको छ, क्षतिका बारेमा बुझ्न प्रहरी टोली पठाएका छौँ, चितुवा नियन्त्रणमा लिने प्रयास गर्ने छौँ ।” स्थानीयवासी रामबहादुर बोगटीका अनुसार गाउँ नजिकै पर्ने कुयपानी सामुदायिक वनभित्र पर्ने जङ्गलमा विगत लामो समयदेखि एउटा चितुवा बस्दै आएको र दिउँसो वनमा डुल्ने राति गाउँभित्रै पसेर गाउँमा आतङ्क मच्चाइरहेको छ । सम्भावित मानवीय जोखिमलाई मध्यनजर गर्दै उक्त चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयलाई गाउँवासीले आग्रह गरेका छन्् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार