शनिबार , फागुण २२, २०७७

सप्तरीबाट स्रोत नखुलेको १० लाखसहित दुई महिला पक्राउ

सप्तरीबाट स्रोत नखुलेको १० लाखसहित दुई महिला पक्राउ

११ फागुन, सप्तरी । नेपाल प्रहरीले स्रोत नखुलेको १० लाख रकमसहित दुई जना महिलालाई पक्राउ गरेको छ । सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिला पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् । सप्तरीका सशस्त्र प्रहरीका अनुसार बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १० लाख रुपैयाँ बरामद भएको र उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेका कारण बरामद रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय