शनिबार , फागुण १५, २०७७

अढाई दशकपछि दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास

अढाई दशकपछि दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास

११ फागुन, महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकामा सुदूरपश्चिम प्रदेशमै पहिलोपटक दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासी उत्साहका साथ कार्यक्रमस्थलमा भरिएका थिए ।

लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको आश्वासन सुन्दै आएका स्थानीयवासीमा स्थानीय सरकार आइसकेपछिको गतिविधिले औद्योगिक क्षेत्र स्थापना हुनेमा आशावादी रहेका बेला सोमबार शिलान्यास नै हुँदा खुशीले गद्गद् भएका छन् । आर्थिकरुपले विपन्न र मुक्त कमैयाको बसोबास रहेको औद्योगिक क्षेत्र विस्तार क्षेत्रमा उद्योगहरु सञ्चालनमा आए स्थानीयस्तरमै रोजगारीदेखि गाउँको मुहार नै फेरिनेमा अब ढुक्क छन् । विसं २०५२ मा कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भए पनि निमार्णको चर्चा २०७२ सालदेखि हुन थालेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बेदकोट नगरपालिका–२ का रमेश चौधरीले औद्योगिक क्षेत्रको शिलान्यासले गाउँका युवाहरुमा उत्साह थपिएको बताएका छन् । उनले यसअघिका सरकारका मन्त्रीदेखि धेरै उच्च पदस्थ व्यक्ति आएर स्थलगत निरीक्षण गरेर जाने गरेको बताएका छन् । औद्योगिक क्षेत्रका लागि ९०० बिघा जग्गा प्रस्तावित गरे पनि ३८८ बिघाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ ।

सरकारले घोषणा गरेको १४ वर्षपछि २०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपश्चात् यहाँको बेदकोट सामुदायिक र जनचेतना सामुदायिक वनको ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि दिने निर्णय भएको थियो । औद्योगिक क्षेत्रको डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआइए० को कामसमेत सम्पन्न भइसकेको छ । इआइए पश्चात् फिल्डमा आएर भेरिफाई गरेर मात्रै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा भोगाधिकारका लागि जानेछ ।

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले उक्त जग्गा भोगाधिकारबारे निर्णय आउन बाँकी रहेको बताएका छन् । त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले छेला औद्योगिक क्षेत्र सञ्चालनले सुदूरपश्चिम प्रदेशकै विकासमा टेवा पुग्ने बताएका छन् ।

साथै वर्तमान सरकारले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र बन्द अवस्थामा रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा देखिएको पहलकदमीले यहाँको आर्थिक, पर्यटकीय विकासमा आशाको सञ्चार पलाएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय