
११ फागुन,बाँके । बैजनाथ गाउँपालिकामा ‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण हुने भएको छ । यसका लागि रु ६१ करोड विनियोजनसमेत भएको छ । रकम विनियोजन भएसँगै निर्माण द्रुत रुपमा अगाडि बढाइएको छ ।
नेपालगञ्ज औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले औद्योगिक क्षेत्र निर्माणको शुरुआत भएको बताएका छन् । सङ्घीय सरकारले औद्योगिक क्षेत्रका लागि चालू आवमा रु ६१ करोड खर्च गर्दैछ । बजेटबाट औद्योगिक क्षेत्रका लागि जग्गा सम्याउने, खाल्टाखुल्टी पुर्ने, प्लट बनाउने लगायतको कार्य हुने छन् । सडक ट्र्याकको सम्भावना र यसका लागि काम पनि चालू आवमा नै बढाउने योजना रहेको छ ।
बैजनाथमा ३३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने योजना छ । औद्योगिक क्षेत्रका लागि भनिएको केही भागमा बस्तीसमेत रहेको छ । समस्याको समाधान अझै हुनसकेको छैन । यस अघि विस्तृत आयोजना प्रतिवेदन९डिपिआर० भइसकेर पनि घरधुरी सर्वेक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको अवस्था रहेको जनाइएको छ ।
औद्योगिक क्षेत्रका लागि डिपिआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्याङ्क सङ्कलन भएको थियो । स्थानीय घरधनीको सङ्घर्ष समितिले सो सङ्ख्या झण्डै दोब्बर रहेको दाबी गर्दै आएको छ । अहिले भूमि समस्या समाधान सम्बन्धी आयोगको काम स्थानीय तहले गर्दै आएको छ ।
औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि २५० उद्योगीले आवेदन दिएका छन् । औद्योगिक क्षेत्र बन्न लागेपछि रोजगारी पाउने आशामा स्थानीय खुशी रहेका छन्
प्रतिक्रिया