बुधबार , फागुण १९, २०७७

हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

११ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेर बहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै भ्रष्ट ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताएका हुन् ।

उनले भने, बालुवाटारबाट बालकोट जाने नेतालाई हामी सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गर्छौ, त्यसपछि आराम गर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्‍याउँछौँ । उनले थपे, नख्खु जेलको चौरमा जिन्दगीभर उहाँहरूले आराम गरेर बिताउनु हुनेछ । आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेन्डामा अग्रणी रहेको भन्दै आफूहरू ठुला कुरा गर्न नहिचकिचाउने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दलहरूले न्यायालयमा समेत भागबन्डा गरेकाले सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै अध्यक्ष मिश्रले न्यायालयमाथि नै कालो पोतिएको बताए । राज्यका हरेक निकायहरू पार्टीका भागबन्डा मै गाँजिएकाले देशले दुख पाएको बताउँदै अध्यक्ष मिश्रले समतामूलक समृद्धिको लागि नागरिकले पनि मन र मत परिवर्तन गर्नुपर्नेमा जोड लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा ३ दिन पहिले
राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा २ हप्ता पहिले
नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप ४ हप्ता पहिले
लोकतन्त्र समाप्त पार्न ओलीले चुनावको घोषणा गरे : श्रेष्ठ लोकतन्त्र समाप्त पार्न ओलीले चुनावको घोषणा गरे : श्रेष्ठ ३ हप्ता पहिले
असन्तुष्ट पक्षले जिल्ला सभापति भेला बोलाएकै दिन देउवाले डाके बैठक असन्तुष्ट पक्षले जिल्ला सभापति भेला बोलाएकै दिन देउवाले डाके बैठक २ हप्ता पहिले
तीव्र गतिमा चलाउने ५० सवारीसाधन कारवाहीमा तीव्र गतिमा चलाउने ५० सवारीसाधन कारवाहीमा ३ हप्ता पहिले
विघटनको अधिकार छैनः वरिष्ठ अधिवक्ता खरेल विघटनको अधिकार छैनः वरिष्ठ अधिवक्ता खरेल २ हप्ता पहिले
“को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली “को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली ७ दिन पहिले