बिहिबार , फागुण २०, २०७७

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

११ फागुन, काभ्रेपालाञ्चोक । नेपाल प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दाका फरार प्रतिवादी रोशी गाउँपालिका-११ ठेगाना भएका राजिब भन्ने २९ वर्षीय मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत भक्तपुरको २०७१ फागुन १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले सोही गाउँपालिका-११ स्थित लुकीछिपी बसीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनालाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय