शनिबार , फागुण २२, २०७७

मदन-आश्रितको हत्यारा पत्ता लाग्याे

मदन-आश्रितको हत्यारा पत्ता लाग्याे

बिहानको चिसो मौसमसँगै चलेको र्सिर्सिर बतासले चिसिएका राजधानीबासीका शरिरहरुमा एकाएक तातेको नागरिकहरुको खुशियालीको माहोल हेर्दा र सडकमा एकाएक निस्किएका नागरिकहरु हेर्दा लाग्थ्यो, मुलुकमा ठूलै परिवर्तन या ठूलै उपलब्धिको हर्ष उल्लासमा राजधानीका नागरिकहरु एकाएक स्वतःस्फुर्त सडकमा निस्किएका छन् ।

बिना राजनैतिक दलका झण्डा र बिना राजनैतिक दलका समर्थनमा लाग्ने गरेका जिन्दावाद र मुर्दावादका नारा राजधानीबासीको यो उत्साहजनक उपस्थिति कुनै दल बिशेषको आयोजनामा गर्न लागिएको आमसभाको लागि भने पक्कै पनि थिएन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

न त यो नागरिकको सडक जाम हुने गरि गरिएको उपस्थिति न त कुनै व्यवस्था परिवर्तनको राजनैतिक आन्दोलका लागि थियो । न त सरकारको गलत राजनैतिक कदमको बिरुद्धमा नै थियो । तर पनि एकैनासले नागरिकहरुको सडकमा निस्कने क्रम बढीरहेको थियो, निरन्तर बढिरहेको थियो ।

कहिल्यै यसरी एकाबिहानै सडकै ढाक्ने गरि ननिस्कने राजधानीबासीहरु किन आज एकाएक यसरी हर्षबिभोर बन्दै, सरकारको जयजयकार भन्दै सडकमा निस्किए ? भनेर सोध्दै थिए, नजिकै रहेको पान पसलमा बजिरहेको एफ.एम.रेडियोले आफ्नाे समाचारको हेडलाईन बजाईरहेको थियो, बहु प्रतिक्षित मदन-आश्रितका हत्यारा पत्ता लाग्यो । अब भने नागरिकहरुको यो खुशियालीको अर्थ बुझ्न मलाई कुनै सकस रहेन ।

भर्खरै मात्रै रेडियो नेपालले देशका महान नेता मदन भण्डारी र जीवराज आश्रितका हत्याराहरु पत्ता लागेको र ति हत्याराहरुलाई सरकारले पक्राउ गर्न सफल भएको समाचार घण्टा पनि वित्न नपाउदै राजधानी लगायतका मुलुकभरका समचार जगतले यो समाचारलाई आफ्नो मुख्य समाचारको हेडलाईनमा राखेर प्राथमिकताका साथ प्रसारण गरे ।

समाचार सुन्ने वित्तिकै नागरिकहरु खादै गरेको खाना छोडेर निस्किए, स्कूल कलेज हिडेका विद्यार्थीहरु पुस्तक फ्याकेर उफ्रिए, उद्योगी व्यपारीले सटर खोल्नै चाहेनन् । नागरिकको सडकमा देखिएको चापले यातायातका साधन कुद्नै पाएनन् । राजधानीका बाटाहरु एकै छिनमा मानव सागरले भरियो । सरकारको जयजयकारले सिंगो राजधानी गुञ्जियो । देशका महान नेताका हत्याराको अनुहार हेर्न नागरिकहरु हस्याँङ्गफस्याँङ्ग गर्दै सडकमा दौडिरहेका छन्, दौडिरहेका छन् ।

नागरिकहरु यति धेरै खुशि नदेखिएको पनि बर्षौ भैसकेको थियो । निराशाको कालो वादल भित्र चन्द्रमामा चाँदीको घेरा देखिँदाको यो विलक्षण खुशियाली देख्दा लाग्थ्यो जनतामा अझै पनि मनको एउटा कुनामा हाँसो लुकेरै बसिरहेको छ । खुशि थिचिएरै बाँचिरहेको छ । निस्कनै नसक्ने निरासा, अभाव, दमन र शोषणले घेरिएर बसेको नागरिकहरुको खुशि सञ्चार माध्यममा आएको एउटै समाचारले फुत्तै बाहिर निकालि दिएको छ ।

जनताका अत्यन्तै प्यारा र आशाका केन्द्रको रुपमा रहेका महान नेताहरु मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्नुले मात्रै तमाम नेपाली नागरिकहरुमा सरकार प्रतिको विश्वास र समर्थन ह्वात्तै बढाएको देख्न सकिन्छ । नेपाली राजनीतिका शिखर पुरुषहरु मदन-आश्रित २०४९ साल जेष्ठ ३ गते अपत्यारिलो मृत्यू बरण गर्दै आम नेपालीहरुका बिचबाट सदाका लागि अलप भएका थिए ।

लामो समयसम्म मदन-आश्रितको हत्या हो या दुर्घटना ? भनेर पत्ता लाग्न सकेको थिएन । मदन-आश्रितको हत्यारा पत्ता लगाउने शर्तमा नेकपा एमाले र वर्तमानको नेकपा नामका दलहरुले आम नेपाली नागरिकहरुसँग मदन÷आश्रितको मृत्यूको बदलामा सत्ता साटि सकेका थिए ।

आफ्नै दलका सहयात्रि साथिहरुले मात्र हैन आफ्नै परिवारजनका अतिप्रिय पात्रहरुले पनि पटक–पटक सत्ताको स्वाद चाखिसकेका थिए । पटक–पटक सत्तामा पुगेर पनि आफ्नै श्रमिानको हत्यारा पत्ता लगाउन नसकेको भनेर वर्तमान राष्ट्रपति तथा मदन भण्डारीकी श्रीमति बिद्यादेबि भण्डारी प्रति पनि जनताले धारे हात लगाई रहेका थिए । तर पनि मदन-आश्रितको मृत्यु या हत्याको बिषयमा सधैं सबैजना मौन बसिरहेका थिए ।

आम नेपाली नागरिकहरुले मात्र हैन आफ्नै पार्टी भित्रको यस्तो सुस्तताले आम नेपाली नागरिकहरुले अब मदन-आश्रितको मृत्यु या हत्याको बिषय राजा वीरेन्द्रको बंशनाशको घटना झै, अनिता/सुनिता बलात्कार पछिको हत्याकाण्ड दवाईए झै, निर्मला पन्तको बलात्कारी र हत्यारा जोगाईए झै अलप हुनेछ, बिलिन हुने र सदाका लागि यो अध्याय नै समाप्त हुनेछ भनेर आशा मारिसकेका थिए ।

तर, पनि वर्तमान सरकारका प्रधानमन्त्री स्वयं मदन÷आश्रितका अति प्रिय पात्र भएका, मदनकी श्रीमती स्वयं देशकै सर्वशक्तिमान राष्ट्रपति भएको अवस्थामा मदन-आरिुतको हत्याराको खोजी गोप्य रुपमा भैरहेको कुरा स्वयं सरकारमा रहेका अन्य मन्त्रीहरु र सांसदहरुले समेत सुईकोसम्म पाएका थिएनन् ।

नेपाल प्रहरीको अति नै गोप्य अनुसन्धान ब्यूरोले अत्यन्तै गोप्यताका साथ अनुसन्धानलाई अगाडि बढाई रहेको थियो । नेपाल प्रहरीले यस बिषयमा राष्ट्रिय अनुसन्धान बिभागलाई पनि बाहिरी अनुसन्धानमा मात्रै सिमित राखेको थियो । जसले गर्दा आम नागरिकहरु सरह देशका राजनैतिक दलका नेताहरु पनि यस बिषयमा कुनै जानकार थिएनन् । अति नै गोप्य तरिकाले अनुसन्धानलाई अगाडि बढाईएको थियो । जसको परिणाम स्वरुप आज आम नेपाली नागरिकहरुले मदन-आश्रितका हत्यारालाई खुल्ला मञ्चमा ल्याएर उभ्याउन सफल भएको छ ।

तर, आज वर्तमान सरकारले सबै प्रकारका अनुसन्धानका प्रकृयाहरु पुरा गरी श्रद्धेय नेताहरु मदन-आश्रितको हत्या नै भएको र हत्यारा समेत नियन्त्रणमा लिई नेपाल प्रहरीले सबै प्रकारका सोधपुछ र अनुसन्धानका कार्यहरु सम्पन्न गरेर आज हत्यारालाई राजधानीको टुडिखेलको खुल्ला चौरमा सार्वजनिक गर्दैछ । यसैको हर्सोल्लासमा राजधानीका सडक, गल्ली, चोकहरुबाट सरकारको यो कदमको समर्थनमा जयजयकार गरिदैंछ । हत्यारालाई फाँसी दे भन्दै हुलका हुल नागरिकहरु सडकमा नाराबाजी गर्दै टुँडिखेलमा भेला हुने क्रम तिब्रतर रुपमा भैरहेको छ । राजधानीको टुँडिखेलमा अहिले मानव सागरको भिडले तिलको गेडा राख्न ठाउँ समेत देखिदैन ।

टुँडिखेलमा उपस्थित लाखौ नेपाली नागरिकहरु महान नेताहरु मदन-आश्रितको हत्याराको अन्तिम अनुहार हेर्न लालायित छन् । भोकै, प्यासै, अर्ध चेतन झै हुरिएर आएका नागरिकहरुको मानव सागरले भरिएको राजधानीको टुँडिखेल तर्फ हेर्दाहेर्दै हत्यारा बोकेको नेपाल प्रहरीको भ्यान भद्रकाली हुँदै शहिद गेट तर्फ आईरहेको देखियो ।

टुँडिखेलमा उपस्थित भएका सबै जनताका आँखा मात्र हैन सिंगो शरिरै आउदै गरेको प्रहरीको भ्यान तर्फ मोडियो । म पनि आफ्ना आँखा सहिद गेट तर्फ के फर्काउँदै थिएँ, सानी छोरी श्रेयाले कानमै आएर बाबा, चिया सेलाई सक्यो, उठनु पर्दैन ? भन्दा झल्याँस्स भएर ब्यूँझिए । बिहानको साढेसात बज्नै लागिसकेको रहेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय