शुक्रबार , फागुण २१, २०७७

प्रहरीको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सम्पन्न

प्रहरीको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सम्पन्न

११ फागुन, काठमाडौं । नेपाल प्रहरीको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित तेश्रो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम मंगलबार समापन भएको हो ।

उक्त तालिम समापनका अवसरमा आयोजित कार्याक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट सिकेको ज्ञान, सिपलाई प्रभावकारी एवं जिम्मेवार ढंगले कार्यक्षेत्रमा कार्यान्वयन गर्नुपर्ने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जम्मा २१ दिन कार्यावधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ३ जना र प्रहरी सहायक निरीक्षक १९ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय