सोमबार , फागुण २४, २०७७

ग्रामीण सडकमा सञ्चालन हुने जीपको भाडा निर्धारण

ग्रामीण सडकमा सञ्चालन हुने जीपको भाडा निर्धारण

११ फागुन,मार्तडी । बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुंदै आएका जीपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय भेलाबाट उक्त भाडा दर कायम गरेको हो ।

पूर्वी उत्तरी भेगमा जोडिएको मार्तडी–कोल्टी, मार्तडी गौमुल, मार्तडी आटिचौरलगायत सडकको प्रतिकिलोमिटरमा रु ११ का दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । जीप व्यवसायीले चर्को भाडा लिने गरेको चौतर्फीरुपमा गुनासो आएकाले व्यवसायी, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीलगायत सर्वपक्षीय भेलाबाट उक्त भाडा लिने सहमति भएको गैह्रेले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जीप व्यवसायीले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी–कोल्टी र अन्य सडकमा सञ्चालन हुने जीपका लागि भाडा कायम गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताएका छन् ।

मार्तडीदेखि कोल्टीको प्रतिकिलोमिटर रु ११ का दरले रु ४७३ भाडादर कायम गरिएको र सो भाडा अन्य ग्रामीण सडकमा चल्ने जीपका व्यवसायीले समेत लागू गर्नुपर्ने प्रहरीप्रमुख महराले बताए । सर्वपक्षीय भेलाले रुट अनुमति नभएका सवारी साधन र सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन चलाउन नपाउने र चलाएको पाइएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ । चलानी पत्र र टिकट अनिवार्य काट्नुपर्ने तथा जीपमा भाडादर टाँस्नुपर्ने सो नगरिएमा कानूनी कारवाही गरिने भएको छ ।

यस्तै जथाभावीरुपमा सवारी साधन पार्किङ गर्न नपाइने, दुनिहाट बजारका हकमा साँझ ७ र बिहान १० बजेसम्म मात्र सामान लोड अनलोड गर्ने र सो नगरिएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सर्वपक्षीय बैठकमा गरिएको मार्तडी कोल्टी र अन्य ग्रामीण सडकमा सञ्चालन हुने जीपको भाडा प्रतिकिलोमिटर रु ११ का दरले ४७३ कायम गरिएकोमा व्यवसायीहरुले असुन्तुष्टि जनाएका छन् । व्यवसायीहरुले मार्तडीदेखि कोल्टीसम्मको ८०० रुपैया भाडा बनाई दिन माग गरेपनि सर्वपक्षीय बैठकले ४७३ रुपैया भाडादर कायम गरेपछि असन्तुष्टी जनाएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय