
११ फागुन, दाङ । दाङमा कोइला खानीमा पुरिएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका-१९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको मृत्यु भएको हाे ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया