शुक्रबार , फागुण १४, २०७७

प्रचण्ड–नेपाल समूहले जिल्ला नेतृत्व टुग्याएसँगै विवाद शुरु

प्रचण्ड–नेपाल समूहले जिल्ला नेतृत्व टुग्याएसँगै विवाद शुरु

११ फागुन, काठमाडौं । सत्तारुढ दल विभाजित भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ प्रचण्ड–नेपाल समूहले जिल्ला नेतृत्व टुग्याएसँगै विवाद शुरु भएको छ । सोमबार ६८ जिल्लाको नेतृत्व चयन गरेपछि पूर्व एमाले समूह अल्पमतमा परेपछि विवाद शुरु भएको हो ।

पार्टी विभाजन भएपछि प्रचण्ड–नेपाल समूहले अध्यक्ष र सविचवको टुंगो लगाउदा पूर्व एमाले समूह अल्पमतमा परेकै कारण माधव नेपाल पक्षीय पूर्व एमालेहरुले आफूहरु अल्पमतमा परेको आभाष व्यक्त गर्दै पार्टी नेतृत्व समक्ष असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विभाजन भएको प्रचण्ड–नेपाल समूहमा पनि विवाद सुरु भएको स्रोतको दावी छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सोमबार सार्वजनिक भएको ६८ जिल्लाको नेतृत्व छनोटको विषयलाई लिएर विवाद उत्पन्‍न भएको हो । बराबरी प्रतिशतमा भागवण्डा गरेको यो समूहमा नेतृत्व चयन हुन नपाउँदै विवाद देखिएको छ । सोमबार मात्रै उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले हस्ताक्षर गरेर ६८ जिल्लाका नेतृत्वको सूची सार्वजनिक गरेका थिए । तर, नेकपाका नेताहरूले नै उक्त सूची आधिकारिक नभएको दाबी गरेका छन् । पूर्वमाओवादी समूहले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ ।

हिजो मात्रै पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक भएको थियो । अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने बताइएपनि पूर्व एमाले समूहका केन्द्रीय सदस्यहरुले भागवण्डाप्रति असहमति प्रकट गर्न थालेका छन् ।

काठमाडौमा पूर्व माओवादी समूहका हिमाल शर्माले पार्टी सचिवको जिम्मेवारी नलिने बताएपनि पूर्व एमालेका तर्फबाट बसन्त मानन्धरलाई बनाउदा सुरेन्द्र मानन्धर भने जिम्मेवारीविहिन बनेका छन् । उनको हकमा के गर्ने भन्नेबारेमा कुनै छलफल नभएको नेपाल निकट एक सदस्यले भने ।

सोमबार सार्वजनिक सूचनामा माघ १ र २ मा बसेको स्थायी कमिटीको बैठकले केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरे अनुसार जिल्लामा नेतृत्व नियुक्त गरिएको बताइएको छ । ‘नाम कतै एकलौटी सिफारिस गरिएको देखियो,’ पूर्वमाओवादी क नेताले भने, ‘अहिले सार्वजनिक भएको नामहरूलाई आधिकारिकता दिनुहुँदैन भनेर दबाब दिएपछि पुनः परिवर्तन गर्ने तयारी भएको छ ।’ स्रोतका अनुसार पूर्वमाओवादी र पूर्वएमाले पक्ष कस्को संख्या धेरै हुने भन्‍ने विषयमा विवाद देखिएको हो ।

‘पूर्वमाओवादी र पूर्वएमाले कस्को संख्या धेरै हाल्ने भन्‍नेमा विवाद हो,’ स्रोतले भन्यो, ‘केपी शर्मा ओलीको गुटलाई कारबाही गरेर निकालिसकेपछि यहाँ संख्याको राजनीति नगरौँ भन्‍ने हाम्रो कुरा हो ।’ आइतबार अध्यक्षद्वय दाहाल र नेपालले प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज, पदाधिकारी तथा संगठनका पदाधिकारीहरू यस अघि खाली भएको ठाउँमा कुन पक्षको खाली भएको हो त्यो ठाउँमा सो पक्षबाट पूर्ति गर्ने सहमति भएको थियो । जिल्ला नेतृत्वको भागवण्डा टुंग्याउन पूर्वएमाले र पूर्वमाओवादीबीच भागवण्डा गरिएको छ ।

काठमाडौमा पूर्व माओवादी समूहका हिमाल शर्माले पार्टी सचिवको जिम्मेवारी नलिने बताएपनि पूर्व एमालेका तर्फबाट बसन्त मानन्धरलाई बनाउदा सुरेन्द्र मानन्धर भने जिम्मेवारीविहिन बनेका छन् । उनको हकमा के गर्ने भन्नेबारेमा कुनै छलफल नभएको नेपाल निकट एक सदस्यले भने । ‘धेरै स्थानमा पूर्व माओवादी हावि देखियो यसरी पार्टी चल्दैन, जनाधार नभएकालाई नेता मानेर जान सकिदैन’, नेपाल निकट एक केन्द्रीय सदस्यको धारणा थियो ।

उनका अनुसार सोलुखुम्बूमा पूर्व एमालेको नेतृत्व थियो तर अहिले उल्टाएर पूर्व माओवादीलाई दिइएको छ । पूर्व माओवादीका गोम्बू शेर्पालाई अध्यक्ष र नेपाल निकट रहेका डिल्ली राईलाई सचिव दिइएको छ । तर मापदण्ड अनुसार जसले जहाँ जे जिम्मेवारी लिएको हो त्यसलाई नै निरन्तरता दिने भनिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मतदातालाई मध्यनजर गर्दै मतदानस्थल थप्न सिफारिस मतदातालाई मध्यनजर गर्दै मतदानस्थल थप्न सिफारिस ३ हप्ता पहिले
नेकपाका केन्द्रीय नेता चढेको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की नेकपाका केन्द्रीय नेता चढेको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की ४ दिन पहिले
आफैँ फुटेर विस्तारै झर्न थाल्यो किराँती पुर्खा रैछाकुलेको प्रतिमा आफैँ फुटेर विस्तारै झर्न थाल्यो किराँती पुर्खा रैछाकुलेको प्रतिमा ४ हप्ता पहिले
प्रचण्ड–माधव पक्षले बुटवलपछि विराटनगरमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड–माधव पक्षले बुटवलपछि विराटनगरमा शक्ति प्रदर्शन गर्दै ४ हप्ता पहिले
नबिल बैंक र उपाय सर्भिसेसबीच रणनीतिक सम्झौता नबिल बैंक र उपाय सर्भिसेसबीच रणनीतिक सम्झौता ३ हप्ता पहिले
कर्णाली प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा ल्होसार पर्वको शुभकामना कर्णाली प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा ल्होसार पर्वको शुभकामना २ हप्ता पहिले
गभर्नरकाे उपस्थितिमा बल्खु तरकारी बजारमा एनएमबीको क्यूआर भुक्तानी सेवा सुरु गभर्नरकाे उपस्थितिमा बल्खु तरकारी बजारमा एनएमबीको क्यूआर भुक्तानी सेवा सुरु ४ हप्ता पहिले
हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन २ हप्ता पहिले