शनिबार , फागुण २२, २०७७

नेप्सेमा सानिमा लार्ज क्यापको इकाई सूचीकृत, बुधबारदेखि कारोबार खुल्ने

नेप्सेमा सानिमा लार्ज क्यापको इकाई सूचीकृत, बुधबारदेखि कारोबार खुल्ने

११ फागुन, काठमाडौं । सानिमा लार्ज क्याप फण्डले निष्काशनमा ल्याएको इकाई मंगलबार नेप्सेमा सूचीकृत भएको छ ।

प्रतिइकाई दश रुपैयाँ अंकित दरमा जारी भएको फण्डको १२ करोड इकाई दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी मंगलबार सूचीकृत गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यससँगै फण्डको इकाई बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ । सम्बन्धीत कम्पनीले सूचीकरण गराएको दोस्रो दिनदेखि नेप्सेमा खरीद बिक्री हुने प्रावधान अनुसार भोलिदेखि इकाईको कारोबार हुनेछ ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले माघ २३ गते शुक्रबार इकाइको बाँडफाँड गरेको थियो । इकाइ खरीदका लागि निष्काशितभन्दा अधिक माग आवेदन परेपछि फण्डको आकार २० प्रतिशतले वृद्धि गर्दै एक अर्बबाट १ अर्ब २० करोड पुर्याइएको थियो । निष्काशनमा ल्याइएको आकारको तुलनामा उच्च माग परेको खण्डमा फण्डको आकार २५ प्रतिशतसम्म बढाउन सकिने व्यवस्था छ ।

फण्डको आकार वृद्धि भएसँगै एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई पुगेको छ । जसमध्ये बिज पूँजीको रुपमा १६।१६ प्रतिशत अर्थात १ करोड ९३ लाख ८८ हजार ९४० इकाई कोष प्रवद्र्घक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको थियो ।

बाँकी १० करोड ६ लाख ११ हजार ६० इकाई रितपुर्वक आवेदन दिन आवेदकलाई माग अनुसार नै बाँडफाँड गरिएको सानिमा क्यापिटलले जनाएको छ ।

फण्डको इकाई खरीदका लागि माघ ९ गतेदेखि माघ १५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेर सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय