
११ फागुन, कपिलवस्तु । नेपाल प्रहरीले कपिलवस्तुको सामुदायिक वनबाट भरुवा बन्दुक बरामद गरेको छ । शिवराज नगरपालिका ९ रमुवादहस्थित शिवशक्ति सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक सोमबार दिउँसो प्रहरीले बरामद गरेको हो ।
उक्त वनमा भरुवा बन्दुक फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया