
११ फागुन, महोत्तरी । महोत्तरीको सहोडवामा एक दम्पतीलाई घरबाटै अपहरण गरिएको बुझिएको छ। मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका सो दम्पतीलाई घरबाटै अपहरण गरिएको महोत्तरी प्रहरीले जनाएको छ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड़वाका ६५ वर्षीय मोसाफिर झा र उनको ६० वर्षीया पत्नी गीतादेवीलाई सुतेकै ठाउँबाट अपहरण गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकाे छ ।
प्रहरीका अनुसार झा दम्पती मंगलबार बिहान अबेरसम्म घरबाट बाहिर ननिस्केपछि गाउँलेहरू उनको खबर बुझ्न घरमै पुगेका थिए। पछि जसोतसो उनीहरू सुत्ने कोठामा स्थानीयहरु पुगे पछि रगतको थोपा देखिएपछि प्रहरीलाई खबर गरेका थिए।
झा दम्पती सुतेको कोठामा रगतको थोपाहरू समेत देखिएकोले घटना शंकास्पद बन्दै गएको छ। अपहरित दम्पतीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएकाे छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
स्थानीयहरूका अनुसार मोसाफिर झा अदालतमा विचाराधीन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका थिए।
प्रतिक्रिया