शनिबार , फागुण २२, २०७७

नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त

नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त

११ फागुन, काठमाडौं । नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन्। उपाध्याय दुई वर्षअघि पनि नबिलको सञ्चालक थिए।

उपाध्यायले केही समयपछि छाडेका थिए। उनी युनाइटेड इन्स्यारेन्स कम्पनी नेपालको अध्यक्ष थिए।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उदय बैंकिङ क्षेत्रमा परिचित नाम हो। उनी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। कुमारी बैंक छाडेको केही समयमा उनी बीमा क्षेत्रमा गएका थिए।

नबिल बैंकले निजी क्षेत्रबाट प्रवर्द्धित पुरानो बैंक हो। नबिल नेपालको पहिलो विदेशी संयुक्त लगानीको बैंकसमेत हो। उपाध्याय संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक भएका हुन्।

नबिलको सञ्चालक समितिमा उदयसँगै तीन जना पूर्व बैंकर हुने छन्। अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी भइसकेका उपेन्द्र पौडेल छन् भने अर्को सञ्चालकमा सनराइज बैंकको कामु प्रमुख कार्यकारी भइसकेकी आशा राणा अधिकारी छिन्।

nab

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय