बिहिबार , फागुण १३, २०७७

चक्रपथ विस्तारको दोस्रो खण्डः ‘साइट क्लेरेन्स’ले पाएन् पुर्णता, कहिले सम्पन्न होला सडक ?

चक्रपथ विस्तारको दोस्रो खण्डः ‘साइट क्लेरेन्स’ले पाएन् पुर्णता, कहिले सम्पन्न होला सडक ?

११ फागुन,काठमाडौं । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो ।

ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाले जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिका लगायतका निकायसँग छलफल गरिरहेको योजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिएका छन् । उनका अनुसार त्यहाँ रहेका घरमध्ये सात घरको शहरी विकास तथा भवन निर्माण विभागबाट क्षतिपूर्तिको मूल्याङ्कन प्राप्त भएको छ । उनले भने, “मूल्याङ्कन भइसकेको घरको प्रक्रिया अघि बढाइनेछ ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तीमध्ये १२ घरको घरधनीसँग सम्पर्क हुन नसकेको बताइएको छ । वडा कार्यालयले ती घरधनीसँग सम्पर्क गर्न खोजे पनि नसकेको उनको भनाइ छ । वडाध्यक्षले सम्पर्क गर्दा कतिपय व्यक्ति विदेशमा रहेकाले पनि सम्पर्क हुन नसकेको हो । घरहरु चीन सरकारले निर्माण गर्ने आठ लेनभित्रै भएकाले निर्माण अघि बढाउन समस्या हुने उनले जानकारी दिए । ती घरहरुमा नक्सा लिएर मूल्याङ्कन गर्ने कि भन्ने छलफल भएको छ । कतिपय घर नक्साभन्दा फरक हुनसक्ने भएकाले त्यहीँ जाँदा मात्रै सही कुरा आउने उनले बताए ।

जम्मा ११ दशमलव छ किमी लम्बाइको सडकमध्ये २४४ मिटरमा निर्माणस्थल खाली गराउन नसकिएको योजनाले जनाएको छ । अरू कतिपय संरचना हटाइरहेको भए पनि त्यसले चिनियाँ टोलीलाई निर्माण अघि बढाउन बाधा नपुग्ने प्रमुख सुवालले बताए । सो सडकमा विद्युत् प्राधिकरणले तार जमीनमुनि राख्ने काम गरिरहेकामा त्यो मुख्य सडकबाहेकको सहायक सडकमा पर्छ । प्राधिकरणले तार सार्ने काम गत वर्षबाटै शुरुआत गरेको थियो । बाँकी स्थानमा पनि ठेक्का सम्झौता भइसकेको छ ।

चक्रपथ विस्तारका लागि अहिले यस सडकखण्डमा रूख काट्ने, विद्युत्का पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायत आवश्यक तयारीका काम गत वर्ष शुरु भएको थियो । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० गरेर निर्माणको काम शुरु हुने सडक विभागले जनाएको छ । यसअघि कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाएर निर्माण शुरु गरिएको हो ।

अहिले उक्त सडकको अधिकार क्षेत्रमा रहेका रूख काटिएको छ भने झण्डै ४०० पोल सार्ने काम सकिएको छ । उनका अनुसार विद्युत् प्राधिकरणले पोल त्यहाँबाट सारिरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्फत खानेपानीका पाइप सार्ने काम भइरहेको छ । सडकको अधिकार क्षेत्रमा घरसँगै अस्थायी टहरालगायत संरचना हटाउनु पहिलो चरणको विस्तारमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको योजनाले जनाएको छ ।

स्वयम्भू, ठूलोभ¥याङ, महाराजगञ्ज चोकलगायत स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलङ्की सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रूख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो ।

सडकमा दुई ‘अन्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । सडक निर्माणस्थल खाली गरेर विभागले हस्तान्तरण गरेपछि मात्रै चिनियाँ टोलीले निर्माण शुरु गर्ने बताइएको छ । पहिलो चरणको विस्तार सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहनेछ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएका गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय