
११ फागुन, काठमाडौं । मंगलबार शेयरबजार राताम्य भएर बन्द भएको छ । मंगलबार बजार २१.१६ अंकले घटेर २५८६.५१ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४१ अंकले घटेर ४६७.९४बिन्दुमा रोकिएको छ ।
आज शेयरबजारमा साडे ८ अर्ब बढिको कारेबार भएको छ । कारोबारको सुरुमा उकालो लागेको बजार विस्तारै ओरालो यात्रा तय भएर बन्द भएको हो । १२ वटा समूहको कारोबारमा ट्रेडिङ बाहेक सबै समूहको परिसूचक भएको छ ।
कारोबार रकमको आधारमा निफ्रा बैंक अग्रस्थानमा देखिएको छ । बेंकको ७३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, निफ्रा बैंकको शेयर १० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया