
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज जन्मदिन मनाएका छन्। प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन्।
ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्तसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए।
प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् । गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए ।प्रधानमन्त्री ओलीलाई जन्मदिनका अवसरमा उनका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए।
प्रतिक्रिया