सेना दिवसमा ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’
नेपालबहस संवाददाता
फागुन ११, २०७७ मंगलबार २१:५०:११
११ फागुन,काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ बसेरीदेखि भोटेकोशी गाउँपालिका–३ दुगुनागढीसम्म ‘लिस्तीकोट– दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ । आगामी सेना दिवसका उपलक्ष्यमा गोरखबक्स गणका पहलमा यही फागुन २४ गते सो प्रतियोगिता हुन लागेको हो ।
सोही क्षेत्रका गौरव दुगुनागढीको ऐतिहासिक महत्व एवं लिस्तीकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गर्न, पर्यटकीयस्थलका रूपमा विकास गर्न र सैनिक नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ ।
दौड प्रतियोगिता सञ्चालन हुने दिनका लागि प्रत्येक खेलाडीको रु १० लाख बराबरको दुर्घटना बीमा गरिनेछ । कूल २१।२१ किमी दूरीको उक्त प्रतियोगितामा खुुल्लातर्फ प्रथम हुुनेलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितमा द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश ः रु ६० हजार, रु ४० हजार र रु २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार प्रदान गरिनेछ ।
उक्त कार्यक्रममा मुख्य आमन्त्रित व्यक्तिका रुपमा अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र मीरा राई उपस्थित हुने निर्देशनालयले जनाएको छ । सरकारी कार्यालय, बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, व्यापार व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा सेनाले उक्त दौड प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
सिन्धुुपाल्चोकवासीलाई पनि प्रोत्साहन होस् भनी उक्त प्रतियोगितामा जिल्लाबाट प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमश ः रु २० हजार, रु १५ हजार र रु १० हजार नगरसहित प्रमाणपत्र प्रदान गरिनेछ । सेनाले शिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । प्रतियोगितामा करीब २०० धावकको सहभागिता हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
चैत १, २०८० बिहिबार
सेना दिवस र महाशिवरात्रिको बढाइँमा राष्ट्रपति सरिक
फागुन २५, २०८० शुक्रबार
सैनिक मञ्च टुंडिखेलमा सेनाले मनायो वार्षिकउत्सव
फागुन २५, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार