
११ फागुन, काठमाडौं । सरकारले कोरोनाभाइरस विरुद्धको खोप ल्याएसँगै प्रथामिकताको आधारमा लगाउने काम सुरु गरेको महिना दिन वितिसक्दा पनि उद्योगी एवं व्यापारीहरुलाई कुनै सम्बोधन नगरेपछि नेपाल चेम्बर अफ कमर्शले कोरोनाको खोप दिँदा उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
उद्योग तथा व्यवसायी क्षेत्र अग्रपंक्तिमा रही काम गर्ने भएकोले राज्यले गम्भीरतापूर्वक लिइ प्राथमिकतामा राखेर खोप दिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष चेम्बरले अनुरोध गरेको हो । चेम्बरका तर्फबाट आधिकारिक धारणा राख्दै महानिर्देशक कैलाशकुमार बजिमयद्वारा प्रेषित पत्रमा सो बारे उल्लेख गरिएको छ ।
मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि सम्भव हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकतामा राख्न चेम्बरले आग्रह गरेको हाे ।
प्रतिक्रिया