आइतबार , फागुण २३, २०७७

कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न

कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न

११ फागुन, काठमाडौं । कुमारी बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनीले निर्माण गर्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तिय व्यावस्थापन गरिएको छ ।

उक्त सहवित्तीयकरण सम्झौता अन्र्तगत कुमारी बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ भनेअन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक लिमिटेड र माछापुच्छ्र्र्रे बैंक लिमिटेड रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस परियोजनाको कूल लागत खर्च ८ अर्व ३० करोड मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ ।

प्रवद्र्घक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदी इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्र्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ ।

परियोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय