शुक्रबार , फागुण २१, २०७७

सन्दीपले खेल्ने ‘द हन्ड्रेड’को मिति सार्वजनिक

सन्दीपले खेल्ने ‘द हन्ड्रेड’को मिति सार्वजनिक

११ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको मिति सार्वजनिक भएको छ । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको मिति अनुसार प्रतियोगिता जुलाई २१ बाट सुरु हुनेछ । पहिलो दिन महिलाको खेल हुनेछ । जुलाई २२ बाट भने पुरुषको खेलहरु सुरु हुनेछ । प्रतियोगिताको फाइनल लर्ड्समा अगस्ट २१ मा हुनेछ । पहिलो खेलमा ओभल इन्भेन्सीबल्स र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

एक सय बलको हुने प्रतियोगिता २०२० मा हुने तालिका रहेको थियो । तर, कोरोनाको कारण प्रतियोगिता एक वर्ष स्थगित भएको थियो । प्रतियोगितामा नेपालका सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् । सन्दीपलाई इन्भेन्सीबल्सले ‘रिटेन’ गरेको थियो । सन्दीपलाई ड्राफ्टबाट इन्भेन्सीबल्सले १ लाख पाउण्ड ‘करिब १ करोड ४७ लाख’ नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो ।

प्रतियोगितामा ८ टिम रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष टिम फाइनलमा पुग्नेछ । यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय