शुक्रबार , फागुण २१, २०७७

अब ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेता डा. कोइराला

अब ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेता डा. कोइराला

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले अब नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्च अदालतले ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै बदर गरेपछि डा.कोइरालाले त्यस्तो प्रतिक्रिया दिएका हुन ।

उनले अदालतले दिएको फैसाला आमजनताको पक्षमा भएको पनि बताए । साथै नेता डा. कोइरालाले राजनीतिक नेतृत्वले ख्याल गर्नपर्ने भनेको अव सरकारले कस्तो कदम चाल्छ भन्नेमामा हामी सतर्क भएर अघि बढ्न आवश्यक रहेको पनि बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले भने, मलाई लाग्छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयास समेत गर्न सक्न्छन् त्यो राम्रो होइन उनले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आम जनतासँग माफि माग्नुपर्ने
नेता डा. कोइरालाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय