मंगलबार , फागुण १८, २०७७

प्रतिगमनकारीसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड

प्रतिगमनकारीसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड

११ फागुन, काठमाडौं । नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब प्रधानमन्त्री केपी ओलीसँग कुनै सहमति नहुने बताएका छन्। सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला गरेपछि प्रचण्डले यसअघि सार्वजनिक रूपमा गरिएका प्रतिवद्धताअनुसार नै आफूहरू अघि बढ्ने बताएका हुन् ।

सर्वोच्चले फैसला सुनाउँदै गर्दा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा थिए । उनीहरुले त्यही संसद पुनर्स्थापना भएको खबर सुने ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय भरतपुर पुगेका हुन्। तर संसद पुनर्स्थापना भएकाले बुधबारको सभा विजय जुलुसमा परिणत हुने नेताहरुले बताएका छन् ।

प्रचण्डले प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने प्रष्ट पारे । माधव र प्रचण्डका साथमा संसद विघटनविरुद्ध रिट दायर गर्ने कृष्णभक्त पोखरेल पनि साथमा थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय