बिहिबार , फागुण १३, २०७७

काठमाडौंमा सुरक्षा निकाय हाई–अलर्टमा

काठमाडौंमा सुरक्षा निकाय हाई–अलर्टमा

११ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनालगत्तै काठमाडौंको सुरक्षा प्रबन्ध कडा पारिएको छ । विशेषगरी, सर्वोच्च अदालत, नेकपाको धुम्बाराही र पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरक्षा प्रबन्ध कडा परिएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई–अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा निकायलाई हाई–अलर्टमा बसालिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरिएको थियो । त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा तैनाथी बढाइएको छ । यता नेपालबहस डटकमसँगकाे कुराकानीमा  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले सुरक्षा व्यवस्था कडा पारिएको स्वीकार गरे ।

नेपाल प्रहरीका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ । सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय