शनिबार , फागुण १५, २०७७

सबैको ध्यान कांग्रेसतिरै

सबैको ध्यान कांग्रेसतिरै

११ फागुन, काठमाडौं । आज प्रधानमन्त्री केपी ओलीको ७० औं जन्मदिन । तर आजै उनले राजनीतिकवयमा भने ठूलै सकस भोग्नुप¥यो । सरकारी निवासमा उनले आज तामझामका साथ जन्मदिन मनाइरहेका बेला रामशाहपथमा भने उनको राजनीतिक जीवनको खिल्ली उडाउने काम भइरहेको थियो । अदालतले आजै प्रतिनिधिसभा पुनस्थापना गर्ने निर्णयसँग प्रधानमन्त्री केपी ओलीको राजनीतिक चमकधमक फिका बनाइदिएको छ ।

प्रतिनिधिसभा पुनस्थापनासँगै उनले आफ्नो राजनीतिक जीवन जोगाउन फेरि अनेक फण्डा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ओलीको तारणहार गर्नसक्ने ल्याकत अब केवल नेपाली कांग्रेससँग रहेको छ । कांग्रेसले साथ दिंदा मात्रै ओलीको राजनीति जोगिने अवस्था छ । कांग्रेस सभापति शेरबहादुर देउवाप्रति उनी भर परेका छन् । तर रामचन्द्र पौडेललगायत धेरैको राय भने ओलीभन्दा प्रचण्ड–माधव पक्षसँगकै सहकार्य फलदायी हुने भन्ने रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तो अवस्थामा कांग्रेसको बजार भाउ फेरि चुलिएको छ । तत्कालै ओलीसँग मिलेर जाने अवस्थामा कांग्रेस देखिंदैन । त्यसैले प्रचण्ड–माधवसँगकै सहकार्यले मूर्तता पाउने अवस्था रहेको जानकार बताउँछन् । ओली भने विस्तारै रक्षात्मक अवस्थामा आइपुगेको छ । ओलीलाई साथ दिने सरकारी संयन्त्रसमेत अब टाढिने अवस्था रहेको छ । त्यसैले ओलीको बहिर्गमन लगभग निश्चित देखिएको छ ।

KP OLI BirthDay 6

जन्मदिन मनाइरहेका ओली खेमा अहिले अब कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन तल्लिन छ । तर सबैतिरबाट हुनसक्ने आक्रमणबाट जोगिन उसले के फण्डा फाल्छ कसैले अनुमान गर्न सकिरहेका छैनन् । सर्वाेच्चको फैसला आए लगत्तै पुष्पकमल दाहाल प्रचण्डले अब ओली बाहेकको शक्तिसँग मिलेर अगाडि बढ्ने प्रतिक्रिया दिइसकेका छन् । उनको आशय कांग्रेससँग मिलेर जाने भन्ने देखिन्छ ।

उता, माधवकुमार नेपाल पनि अब ओलीको निरंकुशताबाट मुलुकले त्राण पाएको भन्दै संविधान र प्रजातन्त्र बलियो बनाउन कांग्रेससँगै सहकार्य गर्ने बताउँदैछन् । यो परिवेशमा कांग्रेसको भूमिका नै सबैभन्दा महत्वपूर्ण हुने देखिन्छ । सभापति देउवा पनि अब ओलीसँगै सति जाने पक्षमा नरहेको उनी निकट स्रोतको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय