
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको संसद बिघटनबिरुद्ध विहीबार हुने बिरोधसभालाई सम्बोधन गर्न बुधबार चितवन आईपुगेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपालले संसद पुनस्थापना भएको अवसरमा एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका छन् ।
बुधबार साँझ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने आदेश सुनाएलगत्तै उनीहरुले कार्यकर्ताहरुलाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । भोलि हुने भनिएको बिरोधसभा अब विजयसभामा परिणत हुने भएको छ ।
प्रतिक्रिया