बिहिबार , फागुण १३, २०७७

प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेचकाे नयाँ श्रृङ्खला सुरु : थापा

प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेचकाे नयाँ श्रृङ्खला सुरु : थापा

११ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेच नयाँ श्रृङ्खला सुरु भएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि सामाजिक सञ्जाल फेसबुकमा एक विचार लेख्दै थापाले विघटन सम्वन्धि वैधानिक विवाद तत्कालका लागि अन्त भएको बताएका हुन् ।

प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलाबारे तर्क वितर्क गर्न सकिने भएपनि संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्ने उनले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अगाडि उनले लेखेका छन्, यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो ।  विघटन सम्वन्धि विवाद तत्कालका लागि अन्त भएको छ । तर, प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेच, अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरूहुने संभावना बढेको छ। यो फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ उनले साेही विचारमा उल्लेख गरेका छन् ।

kamal 3

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन बदर हुने फैसला गरेको हो । सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय