सर्वोच्चकाे फैसला अघि प्रधानमन्त्रीका चार परिदृष्य
नेपालबहस संवाददाता
फागुन ११, २०७७ बुधबार ३:३५:५५
११ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले संसद विघटन गर्नु अघि मंगलबार प्रधानमन्त्री केपी ओलीका चार परिदृष्य देखिएका थिए । सुरक्षा परिषदको बैठक, मन्त्रिपरिषदको बैठक, निकटस्थहरुसँगको छलफल र चार वटै सुरक्षा निकायसँगकोछलफल गरी चार महत्वपूर्ण परिदृष्य देखिएका थिए ।
प्रधानमन्त्री ओलीले मंगलबार साँझ छलफलका लागि मुलुकका चारै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाए । सुरक्षा निकायलाई वालुवाटार बोलाउनु अघि मुलुकको सुरक्षा अवस्था हाइ अलर्टमा राखिएको थियो ।
‘प्रधानमन्त्री ज्यूले अचानक सुरक्षा निकायका प्रमुखहरुलाई बोलाउनु भएको छ’, उच्च सुरक्षा अधिकारीले भने । राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि डाकेको वालुवाटार निकट स्रोतले बतायो । स्रोतका अनुसार परिषद्को बैठकमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिबारे छलफल भएको थियो ।
उक्त पार्टीलाई सरकारले लगाएको प्रतिबन्ध फिर्ता लिनका लागि छलफल भए पनि बैठकले यस सम्बन्धमा मन्त्रिपरिषदमा सिफारिस गरिसकेको भएपनि मन्त्रिपरिषद बैठकले कुनै पनि निर्णय गरेको छैन । ‘आजको मन्त्रिपरिषद बैठकमा दुई तीन वटा विषयहरुमा छलफल भएको थियो तर माईन्युट भने भएको छैन’, एक मन्त्रीले भने । उनका अनुसार करिब एक घण्टा बसेको बैठकमा प्रधानमन्त्री ओलीले मुलुको सुरक्षा अवस्थाबारे छलफल गरेका थिए । उनले मुलुक निर्वाचनमा अघि बढिसकेको पनि बताएका थिए ।
उच्च स्रोतका अनुसार बैठकपछि प्रधानमन्त्रीले प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्री, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई एकै साथ वालुवाटारमा बोलाएका हुन् ।
त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सुरक्षा परिषद् बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शंकरदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मीराज पाण्डे सहभागी थिए । सुरक्षा परिषदको बैठकमा सामान्यतया मूख्य सचिव र रक्षा र सचिवको सहभागिता हुँदैन । तर आजको बैठकमा दुवै सचिवलाई बैठकमा राखिनुनै अर्थपूर्ण रहेको छ ।
नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ । सोही अनुरुप प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषदको बैठक राखिएको हो । यद्यपि सर्वोच्च अदालतमा संसद विघठन सम्बन्धी मुद्धाको फैसला आउनु पूर्व सन्ध्यामा प्रधानमन्त्रीको सुरक्षा निकायसँगको बैठक र छलफलले भने आशंका जन्माएको छ ।
बैठकमा सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी र संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने सुरक्षा अधिकारीहरूको विश्लेषण थियो ।
सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार