
१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले सांसदहरुलाई छलफलका लागि बोलाएको छ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को प्रचण्ड–माधव पक्षले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको हो ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेसँगै प्रचण्ड–माधव पक्ष छलफलमा जुटेको हो ।सांसदहरुसँगको छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौं फर्कदै छन् ।
प्रचण्ड–माधव पक्षले सांसदहरुसँग आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि बोलाएको बुझिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।
प्रतिक्रिया