बिहिबार , फागुण १३, २०७७

ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने

ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे ओली आज देशबासीका नाममा सम्बोधन गर्न लागेका प्रधानमन्त्री निजी सचिवालय स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएपछि ओलीले बुधबार पछिल्ला राजनीतिक घटनाक्रमबारे देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले नेपालबहस डटकमसँगको कुराकानीमा बताएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।

यससँगै ओलीसँग पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् । तर संसदमा ओली पक्षको बहुमत पुग्दैन । यद्यपि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

संसद विघटन सदर हुने र मध्यावधि चुनावमा जाने बताउँदै आएका ओलीलाई अदालतको फैसलाले झड्का लगाइदिएको छ । पुष ५ यता राजनीतिक दबावमा पर्दै आएका उनीमाथि अब संवैधानिक दबाव थपिएको छ । यो स्थितिमा ओलीले नेकपा फुटाएर अर्को गुटको नेतृत्व गर्नु निकै नै चुनौतीपूर्ण हुने देखिएको छ ।

पार्टीभित्रको कलहकै कारण संविधान कुल्चने प्रयास गरेका ओलीले तत्काल कस्तो कदम चाल्छन् त ? त्यसतर्फ आम चासो छ । प्रमुख दलका नेताहरुले तत्काल राजीनामा दिन ओलीलाई सुझाव दिइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय