शनिबार , फागुण १५, २०७७

नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ?

नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ?

१२ फागुन काठमाडौं । नागरिक लगानी कोषले साढे ३ लाख कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ।

कोषले फागुन २१ गतेदेखि सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५०.०५ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि इच्छुक सर्वसाधारणले चैत २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म १ बराबर ०।८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। सोमध्ये बिक्री नभएको साढे ३ लाख कित्ता शेयर कोषले लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।

सो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन।

कोषको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै, राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौँडा, तुल्सीपुर र महेन्द्रनगर शाखा कार्यालय तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ बानेश्वर तथा विराटनगर र पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वर्षौपछि नारीदाङदेखि धनगढीसम्म बस सेवा शुरु वर्षौपछि नारीदाङदेखि धनगढीसम्म बस सेवा शुरु ६ दिन पहिले
संसद भवन छिर्न डराउने प्रधानमन्त्रीलाई संसदीय चुनावको भोक ! संसद भवन छिर्न डराउने प्रधानमन्त्रीलाई संसदीय चुनावको भोक ! ५ दिन पहिले
आठौँ पर्वतीय खेलकूद महोत्सव स्थगित आठौँ पर्वतीय खेलकूद महोत्सव स्थगित ६ दिन पहिले
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश ३ दिन पहिले
ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति : पोखरेल ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति : पोखरेल ४ दिन पहिले
कांग्रेस नेता रानाभाटको निधन, डा. शेखरद्वारा श्रद्धाञ्जली व्यक्त कांग्रेस नेता रानाभाटको निधन, डा. शेखरद्वारा श्रद्धाञ्जली व्यक्त ५ दिन पहिले
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गर्छौ : मुख्यमन्त्री पौडेल हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गर्छौ : मुख्यमन्त्री पौडेल २ दिन पहिले
सर्वसाधारण लगानीकर्ताको लागि खुशीको खबरः इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति सर्वसाधारण लगानीकर्ताको लागि खुशीको खबरः इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति ६ दिन पहिले