बिहिबार , फागुण १३, २०७७

स्थानीय भाषा पठनपाठनका लागि शिक्षक नियुक्ति गर्ने तयारी

स्थानीय भाषा पठनपाठनका लागि शिक्षक नियुक्ति गर्ने तयारी

१२ फागुन,काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ ।

संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ जना शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो । यसका लागि कामपाले विज्ञापन आह्वान गरिसकेको छ । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ । आगामी शैशिकसत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको यो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक, विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जनासम्म शिक्षक राख्ने कामपाको तयारी छ ।

नेपालमा लिच्छवीकालबाटै नेपाल भाषाकोे प्रयोग हुन थालेको भए पनि मल्लकालमा यस भाषालाई राजकीय भाषाका रूपमा प्रयोग गरिएको नेपाल भाषा केन्द्रीय विभागका प्राध्यापक शरदवीर कंशाकार बताउछन् । पछिल्लो समय काठमाडौं उपत्यकाको तीनवटै जिल्ला र बाग्मती प्रदेशका १२ जिल्लामा यस भाषाको प्रयोग हुने गरेको प्राध्यापक कंशाकारको भनाइ छ ।

कामपाले स्थानीय पाठ्यपुस्तक नै बनाएर अनिवार्यरूपमा पठनपाठनको तयारी गर्नु उल्लेखनीय काम भएको उनको भनाइ छ । पठनपाठनमा यस विषयलाई छनोट गर्नुले नेवार समुदायमा रहेका संस्कार, संकृतिका बारेमा जानकारी लिन नयाँ पुस्तालाई ठूलो सयोग पुग्ने प्राध्यापक कंशाकारले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओलीका लागि दल विभाजन सम्बन्धी अध्यादेश आवश्यकता कि बाध्यता ? ओलीका लागि दल विभाजन सम्बन्धी अध्यादेश आवश्यकता कि बाध्यता ? ९ घण्टा पहिले
भागरथी हत्या प्रकरणको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा भागरथी हत्या प्रकरणको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा २२ घण्टा पहिले
पहिलो चरणमा चार लाख २९ हजारले लगाए खोप पहिलो चरणमा चार लाख २९ हजारले लगाए खोप २२ घण्टा पहिले
मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने : वरिष्ठ नेता पौडेल मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने : वरिष्ठ नेता पौडेल २३ घण्टा पहिले
नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल ९ घण्टा पहिले
९६ वर्षीय डा दासलाई हेमबहादुर मल्ल सम्मान ९६ वर्षीय डा दासलाई हेमबहादुर मल्ल सम्मान ३ घण्टा पहिले
किर्ते गरेर एक करोड १७ लाख हिनामिना गर्ने लेखा अधिकृत पक्राउ किर्ते गरेर एक करोड १७ लाख हिनामिना गर्ने लेखा अधिकृत पक्राउ ४ घण्टा पहिले
शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान ११ घण्टा पहिले