सोमबार , बैसाख ६, २०७८

विवादका बीच आज पशुपतिमा सुनको जलहरि राखिँदै

विवादका बीच आज पशुपतिमा सुनको जलहरि राखिँदै

१२ फागुन, काठमाडौं । आज पशुपतिनाथको मूल शिवलिंगमा सुनको जलहरि राखिँदै छ । विवादका बीच सुनको जलहरि राष्ट्रपतिको सहभागितामा राख्न लागिएको हो ।

बुधबार दिउँसो ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि ढाकिएको चाँदी जलहरिको चाँदी ठाउँठाउँमा छेद भएको भन्दै कोषले चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोषका अनुसार जलहरिको लागि १०८ केजी सुन लाग्ने अनुमान छ । बसाहा र छानामा समेत गर्दा १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

शास्त्रीय मान्यता अनुसार सुन लक्ष्मीको प्रतीक मानिन्छ भने शिवलिंगको जलहरिमा चाँदी राख्ने प्रचलन छ । यो परम्परा विपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीहरुले यसको विरोध गरिरहेका छन् । सुनको जलहरि राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दायर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय