आइतबार , बैसाख ५, २०७८

मुम्बई प्रहरीले पायाे वर्क फ्रम होमको अनुमति

मुम्बई प्रहरीले पायाे वर्क फ्रम होमको अनुमति

१२ फागुन, एजेन्सी । भारतको मुम्बई प्रहरीले वर्क फ्रम होमको अनुमति पाएकाे छ । कोरोना भाइरसका संक्रमण बढेसँगै  मुम्बईमा प्रहरीलाई पनि वर्क फ्रम होमको लागि अनुमति दिइएको हाे ।

मुम्बई प्रहरीका अतिरिक्त महानिर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयमा उपस्थित हुनुपर्ने सी र डी वर्गका प्रहरीको संख्या ५० प्रतिशतमा झारिएको समाचार एजेन्सी अमर उज्यालाले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जसमध्ये २५ प्रतिशतलाई बिहान ९ देखि दिउँसो ४ बजेसम्म र बाँकी २५ प्रतिशतलाई बिहान ११ देखि दिउँसो ५ बजेसम्मका लागि बोलाइनेछ । यद्यपि ए र बी वर्गका प्रहरी भने शतप्रतिशत उपस्थित हुनुपर्नेछ । अन्य घरबाटै काम गर्ने प्रहरीहरुलाई भने जुनसुकै समयमा पनि आवश्यक परेको अवस्थामा फोनबाट काममा बोलाउन सकिने बताइएको छ ।

यसअघि मंगलबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोना संक्रमण बढेको भन्दै धेरै मानिसहरुलाई घरबाटै काम गर्न आग्रह गरेका थिए । पछिल्लो समय उल्लेख्य संख्यामा संक्रमण बढेको भन्दै महाराष्ट्रको औरंगाबादमा राति ११ देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय