बुधबार , बैसाख ८, २०७८

जुवातास खेलिरहेको अवस्थामा १८ जुवाडे नियन्त्रणमा

जुवातास खेलिरहेको अवस्थामा १८ जुवाडे नियन्त्रणमा

१२ फागुन, काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले १८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । रौतहट, दुर्गाभगवती गाउँपालिका-३ बाग्मती खोलास्थित काँसघारीभित्र कौडा खेलिरहेको अवस्थामा १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख १६ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नवलपरासी ‘पूर्व’, देवचुली नगरपालिका-१६ बस्ने ४० वर्षीय कमल प्रसाद अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा अधिकारी समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई २३ हजार २ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय