बिहिबार , बैसाख २, २०७८

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

१२ फागुन, काठमाडौं । डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका-१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई  प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ  पर्नेमा  ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका-६ घर भएका २८ वर्षीय ज्ञान नारायण श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिंङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिए पश्चात प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको बताएकाे छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय