विभिन्न सेवा विस्तार गर्दै दमौली अस्पताल
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १९:१५:३७
१२ फागुन,दमौली । दमौली अस्पतालमा थाइराइड, आँखा र दाँत सेवा शुरु भएको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप अस्पतालले थाइराइड, आँखा र दाँत सेवा शुरु गरेको हो । दमौली अस्पतालबाटै थाइराइड सेवा शुरु भएपछि सर्वसाधारण यसको उपचारका लागि महङ्गो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिएका छन् । थाइराइड परीक्षणका लागि अस्पतालले निजी ल्याबभन्दा ४० प्रतिशत कम शुल्कमा सेवा दिने अधिकारीले बताए ।
गण्डकी प्रदेश सरकारले रु दश लाख मूल्य पर्ने थाइराइड परीक्षण उपकरण उपलब्ध गराएको थियो । दमौलीस्थित एक निजी प्रयोगशालामा भने थाइराइडको परीक्षण हुँदै आएको छ । अधिकारीका अनुसार अस्पतालबाटै आँखाको शल्यक्रियाका लागि पनि पहल भइरहेको छ । “शल्यक्रियाका लागि उपकरण ल्याउन पहल भइरहेको छ, त्यसपश्चात् आँखाका बिरामीलाई पनि शल्यक्रियाका लागि अन्यत्र जानु पर्दैन”, उनले भने । दमौली अस्पतालमा आँखा परीक्षण गराउन आउनेमध्ये दैनिक तीनजनालाई शल्यक्रियाका लागि पोखरा सिफारिस गर्ने गरिएको छ ।
त्यस्तै अस्पतालमा नयाँ दाँत हाल्ने सेवा पनि थप गर्न लागिएको छ । हाल सोबाहेक सबै दाँतका सेवा अस्पतालबाट प्रदान भइरहेको छ । दाँतको उपचारका लागि डिजिटल एक्स–रे मेशिन सञ्चालनमा ल्याइएको छ । सो मेसिन खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएको थियो । मेशिनलाई करीब रु ५० लाख पर्छ । दमौली अस्पतालमा दन्त सेवा नहुँदा सर्वसाधारणले निजी स्वास्थ्य संस्थामा सेवा लिनुपर्ने बाध्यता थियो ।
अस्पतालका नेत्ररोग विशेषज्ञ डा सुधा रानाभाटले उपकरण थप गर्न सकिए अस्पतालबाटै शल्यक्रिया सेवा दिन सकिने बताएकी छिन् । दन्तरोग विशेषज्ञ डा सुनिल सुवेदीले शुरुआती दिनमा दाँतको सेवा दिन कठिनाइ रहे पनि उपकरण थप भएपछि सहज भएको बताउँदै कृत्रिम दाँत हाल्ने व्यवस्था मिलाउन समितिलाई अनुरोध गरिएको जानकारी दिए ।
विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । अध्यक्ष अधिकारीका अनुसार सरकारले ३५ श्यया खरीदका लागि बजेट उपलब्ध गराइसकेको छ । अस्पतालमा हालै मात्र प्रसूतिरोग विशेषज्ञको समेत व्यवस्था भएको छ । यससँगै अस्पतालबाटै प्रसूति सेवासमेत शुरु भएको छ । यस अगाडि पनि अस्पतालमा प्रसूति सेवा सञ्चालनमा रहे पनि विशेषज्ञ चिकित्सिकको सरुवा भएपछि उक्त सेवा रोकिएको थियो ।
अस्पतालमा केही समय अगाडि एनेस्थेसिया उपकरण जडान गरिएको थियो । विना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेशिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो । १५ श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिसकिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।
अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ चिकित्सकको दरबन्दी थप हुनेछ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलोसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । २०३४ सालमा स्वास्थ्यचौकीका रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार