फटाह फणिन्द्रेमा बुद्धी र रवि डंगोल
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १९:१८:५०
१२ फागुन, काठमाडाैं । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार एग्रिमेन्ट भएको जानकारी गराए । यस अगााडि फिल्मका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत छानिएका थिए ।
फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो । सुनिल मानन्धर प्रस्तुकर्ता रहेको फिल्मको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र बिष्ट रहेका छन् ।
फिल्ममा रोशन श्रेष्ठको द्वन्द, रामजी लामिछाने र कबिराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाँकन रहने छ । उत्तम केसीको कथा रहेको फिल्ममा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ ।
यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको फिल्म चैत्रको पहिलोसाताबाट छायाँकन निस्कदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक 'भिडियो'
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार