नेकपाका दुबै पक्ष कांग्रेसको भरमा
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १९:५०:१७
१२ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना गर्न सर्वाेच्च अदालतले फैसला गरेपछिको राजनीतिक घटनाक्रम नाटकीय रुपमा अघि बढिरहेको छ । नेकपाका दुबै गुट जसरी भएपनि एक अर्कालाई परास्त गर्न अझै कम्मर कसेर लागिपरेका छन् ।
हिजो साँझ सर्वाेच्चले पुनस्थापनाको फैसला गरेयता प्रधानमन्त्री केपी ओली तनावमा छन् भने उनका प्रतिस्पर्धीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल भने उत्सव मनाइरहेका छन् । तर अब अर्काे चिन्ता थपिएको छ – कसरी राजनीतिक परिदृश्यमाथि नियन्त्रण गर्ने ?
ओली चाहन्छन्–प्रचण्ड वा माधव नेपाल कुनै हालतमा पनि सत्तामा जान नपाउन् । मिलेसम्म आफैं सत्तामा टिक्न नेपाली कांग्रेस गुहार्ने नत्र कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार बनाउन निम्तो दिने । स्रोतका अनुसार, यस विषयमा आज बिहानै ओली र देउवाबीच टेलिफोनमा छलफल भएको छ । ओलीले देउवालाई प्रधानमन्त्री बन्न सघाउने तर ६ महिना भित्रै चुनावमा जाने गरी सहमति जुटाउनुपर्ने सर्त राखेका छन् ।
ओलीले यस्तो अफर गरेको सुइँको प्रचण्ड – माधवले पनि पाए । चितवनमा रहेका नेताद्वय आज बिहानै काठमाडौं आउने तयारीमा थिए । तर जहाजको उडान ढिला भएकाले ११ बजे मात्रै राजधानी आएका छन् । उनीहरुले देउवालाई भने हिजैदेखि फोनबाट छलफल गर्न चाहेको बताइरहेका थिए । राजधानी आए लगत्तै प्रचण्ड–माधव एयरपोर्टबाट सोझै देउवा निवास बुढानिलकण्ठ पुगे । जबकी पूर्व निर्धारित कार्यक्रम अनुसार, मध्यान्ह १२ बजे विजय उत्सव मनाउने कार्यक्रम तय भएको थियो ।
देउवासँगको भेटमा सत्ता साझेदारीका विषयमा छलफल भएको बुझिएको छ । देउवाले आफूसँग ओलीले पनि यस्तै प्रस्ताव राखेको जानकारी दिंदै सोही बमोजिम ओलीले स्थायी कमिटी बैठक राखेको बताए । त्यसपछि प्रचण्ड–माधवले पनि आफूहरुले समेत स्थायी कमिटीबाटै निर्णय गर्ने वचन दिएका छन् । सोही बमोजिम नेताद्वयले त्यहींबाट आजै दिउँसो २ बजेका लागि स्थायी कमिटी बैठक डाकेका छन् ।
स्थायी कमिटीबाटै सत्ता साझेदारीका विषयमा निर्णय गर्ने र प्रधानमन्त्रीमा नेपाली कांग्रेसलाई प्रस्ताव गर्ने बुझिएको छ । उता, ओली पक्षको पार्टी स्थायी कमिटीले समेत यस्तै प्रस्ताव गर्ने बुझिएको छ । नेकपाका दुबै पक्षले गर्ने निर्णयका आधारमा नेपाली कांग्रेसले पनि केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको स्रोतको भनाई छ । सम्भवतः भोलि नै कांग्रेसले पनि कार्यसमिति बैठक बोलाउने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार