कार दुर्घटनामा टाइगर वुड्सकाे गम्भीर घाइते
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १९:५२:५
१२ फागुन, लस एन्जलस । विश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्स चढेको कार लस एन्जलस नजिक मङ्गलबार दुर्घटनाग्रस्त भएको छ । उनी चढेको कार सडकमा धेरै पटक पल्टिएको थियो, तर गम्भीर चोट लागेपनि भाग्यवस उनी बाँच्न सफल भएका छन् ।
बिहानीपख उक्त दुर्घटना हुँदा उनी कुनै किसिमको लागूऔषध वा मदिरा सेवन गरेको अवस्थामा नपाइएको प्रहरीले जनाएको छ । लस एन्जलस काउन्टी प्रहरी अलेक्स भिल्लानुभाले गम्भीर घाइते उड्सको शल्यक्रिया गरिएको जानकारी दिएको छ ।अन्य सवारी साधन वा यात्रुका कारण दुर्घटना भएको पाइएको छैन, तर शहरको बाहिरी इलाकामा बारम्बार दुर्घटना भइरहने स्थलमा नै उड्स चढेको गाडी दुर्घटनाग्रस्त भएको छ । प्रहरीका अनुसार उड्स चढेको कारको गति केही बढी रहेको थियो ।
उद्धारका लागि घटनास्थल पुगेका प्रहरी अधिकृत कार्लोस गोन्जालेजले घटनाको प्रकृति हेर्दा टाइगर उड्स भयानक दुर्घटनाबाट भाग्यवस बाँच्न सफल भएको जानकारी दिनुभयो । गोन्जालोका अनुसार टाइगर उड्स दुर्घटनाग्रस्त कारभित्र च्यापिएको अवस्थामा तर होसमै फेला परेका थिए ।गोन्जालोले टाइगर उड्सका दुबै खुट्टामा चोट लागेको हुन सक्ने बताए ।विश्वकै एक जना सर्वाधिक सफल गल्फ खेलाडी मानिने ४५ वर्षीय टाइगर उड्सले १५ वटा प्रमुख गल्फ प्रतियोगिता जितेर किर्तिमान राखेका छन् ।
उनको हालैमात्र पाँचौं पटक पिठ्युँको शल्यक्रिया गरिएको थियो । सोही शल्यक्रियाका कारण निकट समयमै हुन लागेको मास्टर्स प्रतियोगिता उनले त्याग्ने सम्भावना थियो । सन् २०१९ मा उनले यो प्रतियोगिता जितेका थिए ।उड्सको दुर्घटनाप्रति विश्वका गल्फ खेलाडी तथा शुभेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार