बतासे झरनामा पर्यटकको घुइचो
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार २०:११:४८
१२ फागुन,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत कपडा फेर्ने तीन कोठे भवन, प्याराफिट र शौचालय निर्माणको कार्य अगाडि बढाइएको छ ।
“पर्यटकीय क्षेत्रको विकासका लागि रु १० लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्य अगाडि बढाएका छौँ” वडाध्यक्ष बहादुर सिंह महराले भने, “झरनाको अवलोकन गर्न र झरनामा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई मध्यनजर गरी निर्माणको काम भइरहेको छ ।”
आउँदो एक महिनाभित्रै सबै निर्माण थालिएका भौतिक पूर्वाधारका कार्य पूरा हुने उनले बताए । विशेषगरी झरना क्षेत्रमा नुहाउन आउने महिलालाई कपडा फेर्नका लागि निकै सास्ती हुने गरेको कुरालाई ध्यानमा राख्दै प्रदेशसभा सदस्य महेशदत्त जोशीको सिफारिसमा मन्त्रालयबाट बजेटको व्यवस्था गर्न सकिएको उनको भनाइ छ ।
सडकको ट्र्याक खुलेपछि आधाभन्दा बढी बाटोमा मोटरसाइकल र जीपलगायतका साधनमा पुग्न सकिने भएको छ । आउँदो आवमा बजेटको व्यवस्था गरी सडकको स्तरोन्नतिको कार्य गरी पर्यटकको आवगमनलाई सहज बनाइने भएको छ । झरना क्षेत्रमा स्थानीय बासिन्दाले वर्षौँदेखि नीलकण्ठ बाबाको पूजासमेत गर्दै आएका छन् । यस क्षेत्रमा गरेको भाकल पूरा हुने जनविश्वास छ । प्रदेशसभा सदस्य जोशी परापूर्वकालदेखिनै यस क्षेत्रमा नीलकण्ठ बाबाको पूजाआजा गरिँदै आएकाले भव्य मूर्ति निर्माणका लागि आउँदो बजेटमा आवश्यक रकमको व्यवस्था गरिने बताउछन् ।
दैनिक झरना अवलोकनका लागि २०० देखि ६०० आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । शनिबारलगायत बिदाको दिन आन्तरिक पर्यटकले झरना क्षेत्र भरिभराउ हुने गर्छ । पहाडको माथिबाट झर्दै गरेको निश्चल पानीको अद्भूत दृश्य नियाल्नकै लागि जोखिमको बेवास्ता गर्दै पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् । झरनाको पानी खसेर बनेको नीलो कञ्चन ताललाई स्थानीय बासिन्दाले नीलतालका रूपमा चिन्ने गरेका छन् ।
झण्डै २०० फिटमाथिबाट खस्ने झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झरना भन्ने गरिएको वडा सदस्य लालबहादुर महरा बताउछन् । दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झरना झर्ने गरेको छ । झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई मोबाइलको क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्नका लागि युवादेखि बूढापाकासमेत यस क्षेत्रमा पुग्ने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
मनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार