अब विमानस्थल दैनिक १८ घण्टा
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार २२:३७:४१
१२ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुने छ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ ।
कोरोना महामारीका कारण अहिले अपेक्षा गरेजति उडान-अवतरण नभएपछि उडान अवधि घटाएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताएका छन् । कोरोना भाइरसको महामारीपछि खुलेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान अहिले अपेक्षा गरेजति छैन् ।
बिहान साढे ६ बजे बाट खुल्ने विमानस्थल अब रातको साढे १२ बजे बन्द हुनेछ । यसबीचमा रातको समयमा उडान – अवतरण गरिरहेका कम्पनीले स्लट व्यवस्थापन गरी समय सार्न सकुन भन्ने उद्देश्यले अग्रिम मिति तय गरी विमानस्थल सञ्चालनको समय तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानाएको छ ।
काठमाडौं विमानस्थलबाट अहिले औसत २ सय ३० हाराहारी उडान-अवतरण भइरहेका छन् । यसमध्ये १५ उडान अन्तर्राष्ट्रियतर्फ छन् । १ सय १५ हाराहारी आन्तरिक उडान छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार