शुक्रबार , बैसाख १०, २०७८

कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौंबीच सम्झौता

कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौंबीच सम्झौता

१२ फागुन, काठमाडौं । कुमारी बैंक लिमिटेडले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गसँग सम्झौता गरेको छ ।

कुमारी बैंकका ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु लिंदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्ने उद्देश्यले सो सम्झौता भएको बैंकले जनाएको छ । सम्झौता पछि बैंकका सेवाग्राहीहरूलाई एडभान्स काठमाडौंबाट विभिन्न सुविधा उपलब्ध हुने जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सम्झौतामा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य तथा जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता–पत्र अनुसार जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गमा एम .आर .आई, सीटी स्क्यान लगायत अल्ट्रा साउण्ड शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे जनाएको छ । आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय