पर्सामा निःशुल्क आँखा शिविर सम्पन्न
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार २३:३३:१६
१२ फागुन,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–७ गोविन्दपुरमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य नेजामुद्दीन समानीको पहलमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीको समन्वय र माट्रिकाआई फाउन्डेसनको सहयोगमा सञ्चलित सो शिविरमा २५५ को आँखाको परीक्षण गराउँदा १४५ मा मोतिया बिन्दु फेला परेको टैरीमाई युवा क्लब जगतपुरका उपाध्यक्ष राधेश्यामकुमार सोनारले बताएका छन् ।
मोतिया बिन्दुको समस्या देखिएका बिरामीको वीरगञ्जमा निःशुल्करुपमा शल्यक्रिया हुने बताइएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको केन्द्रीय सदस्य समानीले जानकारी दिए । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले उद्घाटन गरेको शिविरमा केन्द्रीय सदस्य समानी, पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन, पोखरिया नगरपालिका–७ गोविन्दपुरका वडाध्यक्ष नन्द कुर्मी, खलिल मियाँ, परमानन्द कुर्मीलगायतले बिरामीको आँखा परीक्षणमा सहजीकरण गरेको वडाध्यक्ष कुर्मीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार