शुक्रबार , बैसाख १०, २०७८

कोरोनाबाट मृत्यु हुनेको संख्या २६८४ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २६८४ पुग्यो

१२ फागुन, काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।

यसैबीच आजै सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय