बिहिबार , बैसाख २, २०७८

लागुऔषधका काराेबारी ढल्कुबाट पक्राउ

लागुऔषधका काराेबारी ढल्कुबाट पक्राउ

१२ फागुन, काठमाडौं । नेपाल प्रहरीले लागुऔषध कारोबारमा सक्रिय दुई युवालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ढल्कुबाट उनीहरुलाई हिजो पक्राउ गरेको हो ।

सार्वजनिक स्थलमा लागुऔषध कारोबारमा सक्रिय रहेको आरोपमा ती दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई विशेष सुचनाको आधारमा हिजो पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं राखिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

रौतहट जिल्लाको बौदीमाई नगरपालिका वडा नं. ५ स्थायी घर भएका शेष सदरी आलम र यमुनामाई गाउँपालिका वडा नं. ३ बस्ने शेष समी उल्लाहको साथबाट प्रहरीले नाइट्राभेट १० लेखिएको ७५ पत्ताको २२५० पीस र दुई थान मोवाइल भेटेको जनाएको छ । स्थायी घर रौतहट भए पनि हाल उनीहरु ढल्को नै बसोबास गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय