कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार १४:२:५४
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले अपराह्न तीन बजेका लागि बुढानिलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीलाई डाकेको उनको सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।
नेकपाको दाहाल-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सरकार सञ्चालनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएका थिए ।
बुधबार दाहाल र नेपालसँगको भेट र सत्ता समीकरणको प्रस्तावलगत्तै देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् । देउवालाई नेकपाकै ओली समूहले पनि साझेदारीमा सरकार गठनको प्रस्ताव राख्दै आएको बताइन्छ । तर, नेकपा आधिकारिकरूपमा फुटिनसकेकाले देउवा पहिला नेकपा फुटको छिनोफानोपछि मात्रै आवश्यक निर्णय गर्ने मुडमा रहेको उनी निकट स्रोत बताउँछ ।
कांग्रेसकै कतिपय नेताहरू भने फेरि जनताबाट चुनिएर नआएसम्म सरकारमा नजाने बताउँदै आइरहेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना र नेकपा विभाजनपछि सरकार गठनमा नेपाली कांग्रेस निर्णायक अवस्थामा पुगेको छ ।
पुष ५ मा भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै यही मंगलबार १३ दिनभित्रै संसद अधिवेशन आह्वान गर्ने आदेश दिएको छ । संसद अधिवेशन शुरू भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाकै दाहाल-नेपाल समूहले अविश्वासको प्रस्तावमार्फत हटाउने तयारी गरेको छ । त्यसलगत्तै नयाँ सरकार गठनको प्रकिया शुरू हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार