राष्ट्रिय खाद्य बैंकले आईपीओ निष्कासन गर्ने
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार १४:१७:१९
१३ फागुन, काठमाडौं । निजी क्षेत्रको लगानीमा मुलुकमा पहिलो पटक राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ २ अर्ब रुपैयाँको लगानीमा बैंक स्थापना भएको हो ।
बैंकले कृषिजन्य वस्तुको उत्पादन र बिक्री गर्न सघाउने जनाएको छ । मुलुकका ७७ वटै जिल्ला र सातै प्रदेशहरुमा काम गर्ने ध्येयले स्थापना भएको बैंकले सर्वसाधारणका लागि पनि आईपीओ जारी गर्ने जनाएको छ ।बैंकका अहिले ४ सय ९१ जना प्रमोटर सदस्य रहेका छन् । बैंकले लगानी विस्तार गर्न साधारण शेयर ९आइपीओ० जारी गर्ने बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । आईपीओ निकाल्ने योजना रहेकाले केही समय लाग्ने उनले बताए ।
बैंकले कृषिमा देशलाई आत्मनिर्भर बनाउने अभिप्रायले अगाडि आएकाले गुणस्तयुक्त खाद्य सामग्रीलाई भण्डारण गरी बैंकमार्फत् आफ्नै सेल्स डिपोमार्फत् होम डेलिभरीहरू ई–कमर्शमार्फत बिक्री वितरण गर्ने योजना बनाएको छ ।बैंकले अर्गानिक उत्पादनलाई जोड दिने, कृषिमा आवश्यक ज्ञान, सीप, बिउ, बिजन, मलजलको समूचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्तिमा जोड दिने जनाएको छ ।
बैंकले देशभरका कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार