आइतबार , बैसाख ५, २०७८

मापदण्डविपरीत व्यवसायीले बगर उत्खनन गर्दै

मापदण्डविपरीत व्यवसायीले बगर उत्खनन गर्दै

१३ फागुन,म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण व्यवसायीले सम्झौता र मापदण्डविपरीत उपकरण प्रयोग गरेर नदीजन्य वस्तुको उत्खनन गर्न थालेका छन् । वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौताविपरीत हेभी इक्युपमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दा कटानको जोखिमका साथै जैविक विविधतामा असर परेको हो ।

बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडकअन्तर्गत बेनी नगरपालिकाको वडा नं ६ मा पर्ने ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन भइरहेको छ । अव्यवस्थितरूपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन गर्दा नदी गहिरिने, माछालगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जलजला गाउँपालिका–७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासँग ठूलोबगरस्थित कालीगण्डकी बगरमा नदीजन्य वस्तुको उत्खनन र निकासीका लागि २०७७ फागुन ५ गते बेनी नगरपालिकासँग रु दुई लाख २५ हजारमा ठेक्का सम्झौता गरेको थियो । सोही कम्पनीले बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर–मजुवाको बगरमा उत्खनन र निकासीका लागि रु सात लाख एक हजारमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले नदीजन्य वस्तु उत्खननमा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताए ।

राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राममन्दिरको संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् व्यवस्थापन समितिले गरेको आग्रहअनुसार मजुवा–गलेश्वरको बगरमा हेभी इक्युभमेन्ट प्रयोग गर्न दिने नदिने भन्ने विषयमा जलजला र रघुगङ्गाका प्राविधिकसँग छलफलको चरणमा रहेको कार्कीले बताए ।

साहना निर्माण सेवाका सञ्चालक शिव जिसीले मजदुर लगाएर उत्खनन गर्दा सम्भव नहुने भएकाले विकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपूर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खननमा उपकरण प्रयोग गरेको बताए । नदीजन्य वस्तुको उत्खनन नियमनका लागि जिल्लास्तरमा रहेको अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उपकरण प्रयोग गरेर उत्खनन भएकोसम्बन्धी सूचना नआएको बताएका छन् । सम्झौता र इआइ प्रतिवेदनविपरीत नदी बगर उत्खननमा उपकरण प्रयोग गरेको भेटिएमा कारवाही गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अमेरिका र चीनले जलवायु परिवर्तको मुद्दामा मिलेर काम गर्ने अमेरिका र चीनले जलवायु परिवर्तको मुद्दामा मिलेर काम गर्ने ८ घण्टा पहिले
अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल ७ घण्टा पहिले
सोलुखुम्बुका तीन स्थानीय तह साक्षर घोषणा, अभियानमा कति भयो खर्च ? सोलुखुम्बुका तीन स्थानीय तह साक्षर घोषणा, अभियानमा कति भयो खर्च ? १० घण्टा पहिले
रामनवमीमा माडीको अयोध्यापुरीमा राम मन्दिर स्थापना गरिने रामनवमीमा माडीको अयोध्यापुरीमा राम मन्दिर स्थापना गरिने ४ घण्टा पहिले
त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डस्द्वारा मलेशिया पराजित त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डस्द्वारा मलेशिया पराजित २९ मिनेट पहिले
नेपाल महिला चेम्बरको अध्यक्षमा निरन्तरता पाउने श्रेष्ठ को हुन् ? नेपाल महिला चेम्बरको अध्यक्षमा निरन्तरता पाउने श्रेष्ठ को हुन् ? ३ घण्टा पहिले
भक्तपुरमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु भक्तपुरमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु ६ घण्टा पहिले
मोक्षधामका चार धाममा कलात्मक मन्दिर निर्माण गरिने मोक्षधामका चार धाममा कलात्मक मन्दिर निर्माण गरिने ६ घण्टा पहिले